काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले विगतका आर्थिक वर्षहरूमा घोषणा गरिएका तर हालसम्म पनि नबुझिएका नगद लाभांश रकम सम्बन्धित शेयरधनीलाई एक महिनाभित्र बुझिलिन आग्रह गरेको छ।
बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्मको वार्षिक साधारण सभाबाट पारित भएका नगद लाभांशमध्ये केही रकम अझै पनि शेयरधनीले नबुझेको जनाएको छ। लाभांश रकम नलिनेमा गरिमा विकास बैंकसँग गाभिनुअघि रहेका तत्कालीन निलगिरी विकास बैंक, शुभेच्छा विकास बैंक र सहारा विकास बैंकका शेयरधनी समेत रहेको बैंकले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित गरिमा विकास बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क गरी बाँकी रहेको नगद लाभांश बुझिलिन सक्नेछन्।
बैंकले तोकिएको अवधिभित्र पनि नगद लाभांश दाबी गर्न नआएमा उक्त रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij