२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

640
Shares

काठमाडौं –  फिफा विश्वकप २०२६ मा स्ट्राइकर लिओनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा सानदार सुरूवात गरेको छ । अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेसँगै नतिजा ३-० को स्थितिमा आएको हो ।  सन् २००६ देखि मेस्सी विश्वकपमा सहभागी हुँदै आएका थिए ।

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा  अल्जेरियाविरुद्ध खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा उनले पहिलो गोल गरेका थिए ।

जर्सी नम्बर १० का यी दिग्गज खेलाडीले मैदानको बीचभागबाट बल नियन्त्रणमा लिँदै पेनाल्टी एरियामा अघि बढेका थिए । अल्जेरियाका गोलकिपर जिदानलाई छक्याउँदै देब्रे खुट्टाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५८ औँ मिनेटमा उनले दोस्रो गोल गरेका थिए । यस्तै, खेलको ७६औँ उनले तेस्रो गोल गरे । विश्वकपमा मेस्सीको गोल संख्या १६ पुगेको छ । उनी सर्वाधिक स्कोर गर्ने दोस्रो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij