काठमाडौं– युनियन हाइड्रोपावर लिमिटेडले ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले २०८३ जेठ २० गते उत्पादन अनुमतिको लाईसेन्स दिएको हो।
आयोजनाले ३५ वर्ष अवधिको लाइसेन्स पाएको छ । विभागले आयोजना निर्माणको लागि अनुपतिपत्र दिएसंगै अब आयोजनाको काम अघि बढ्ने छ। आयोजना ताप्लेजुङ जिल्लामा तमोर नदीमा निर्माण हुने छ।
युनियन हाइड्रोपावरको नेतृत्व अध्यक्ष अभिज्ञा मल्लले गरिरहेकी छन् । कम्पनीको अन्य सञ्चालकहरूमा हरि प्रसाद पराजुली, कृष्ण बहादुर घिमिरे, सुदिन लम्साल, प्रदिप ढकाल र रीतिका अग्रवाल रहेका छन् भने स्वतन्त्र सञ्चालकको जिम्मेवारी सुवाष ढकालले सम्हालेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij