२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत

नेप्सेमा एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत

635
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको ४७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापकको ३९ लाख ९० हजार कित्ता गरी कुल ४७ लाख कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एपीएचएल’ रहेको छ ।

कम्पनीको शेयर मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij