२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ७ करोड ७१ लाख बढी कित्ता सेयर सूचीकृत

नेप्सेमा ७ करोड ७१ लाख बढी कित्ता सेयर सूचीकृत

715
Shares
;fdfGo c+sn] a9Øf] z]o/ ahf/ sf7df8f}F l;+xb/af/ Knfnfdf cjl:yt g]kfn :6s PS:r]Ghsf] sfof{no ejg . nuftf/ cf]/fnf] nfUb} cfPsf] z]o/ ahf/ d+unaf/ eg] ;fdfGo laGb'n] psfnf] nfu]sf] 5 . g]kfn :6s PS:r]Ghsf cg';f/ z]o/ ahf/ dfks kl/;"rs g]K;] )=^% laGb'n] a9]/ Ps xhf/ !*)=#^ laGb'df k'u]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीका कुल ७ करोड ७१ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएका छन्।

नेप्सेका अनुसार यस अवधिमा एनएमबि बैंक र माछापुच्छ्रे बैंकको अविमोच्य असञ्चिति सेयर र सोपान फर्मास्युटिकल्सका सेयर सूचीकृत भएका हुन्।

यस साता एनएमबी बैंकको ‘एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयर २५ प्रतिशत’ अन्तर्गत ‘एनएमबीपीएनपी’ संकेतमा ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

त्यसैगरी, माछापुच्छ्रे बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरअन्तर्गत ३ करोड कित्ता सेयर सूचीकृत भएको छ।

यस्तै, सोपान फर्मास्युटिकल्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अन्तर्गत १ करोड ७१ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।

तीन कम्पनीको सेयर गरी कुल ७ करोड ७१ लाख ६० हजार कित्ता सेयर यस साता नेप्सेमा सूचीकृत भएको छ। सूचीकृत सेयर आवश्यक प्रक्रिया पूरा भएपछि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij