काठमाडौं – विद्युत नियमन आयोगको अध्यक्षको लागि १० जना र सदस्यको लागि २२ जनाको आवेदन परेको छ। आयोगका पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिले आयोगमा एक जना अध्यक्ष र एक जना महिला सहित ४ जना सदस्यको लागि दरखास्त आह्वान गर्दै जेठ २१ गतेसम्म आवेदन दिन भनेको थियो।
तोकिएको समयमा अध्यक्षको लागि १० जना र सदस्यको लागि २२ जनाको आवेदन परेको हो। अध्यक्षको लागि आवेदन दिनेमा ई. रुद्र प्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वर प्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायण प्रसाद सापकोटा, र डा. शान्तीकला सुवेदी रहेका छन् ।
त्यस्तै सदस्य पदमा डा. शेखर अर्याल, राजिव कुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेश ब. भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमक प्रसाद शर्मा, बिशाल सिलवाल, बलराम सिलवाल, राजिव दाहाल, विज्ञान श्रेष्ठ, दिवाकर मल्लिक, अर्जुनकुमार गौतम, नरेन्द्र सिंह भण्डारी,
नारायण प्रसाद सापकोटा, कल्पमोहन सोती, शान्तीकला सुवेदी र कुशेश्वर प्रसाद साहु रहेका छन् ।
समितिका अनुसार आवेदन पेश गरेका उम्मेदवारहरू मध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरेका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिनेछ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरूमध्ये व्यावसायिक कार्ययोजनामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवारलाई मात्र कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी गराइने समितिले जनाएको छ ।
यसअघि आयोगका अध्यक्ष र चार सदस्य सरकारले जारी गरेको ‘ सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका छ। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij