काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयको रिक्त, उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि आवेदन माग गरिएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १० दिनको समय दिएर बुधबार दरखास्त आह्वान गरेको हो ।
कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको हो । अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि नयाँ पदाधिकारी चयन प्रक्रिया अगाडि बढाइएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले जेठ २२ गतेभित्र मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij