२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम पारित

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम पारित

760
Shares

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ।

प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत आठौँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्य ले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगर ले निर्णयार्थ पेश गरेपछि बहुमतको आधारमा पारित भएको घोषणा गरिएको हो।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट निर्माण गरिने स्पष्ट पारेका थिए। उनले सरकारको प्राथमिकता र योजनालाई व्यवहारमा उतार्न यही दस्तावेज मार्गदर्शक हुने बताए।

त्यसैगरी बैठकमा विपक्षी दलका नेता जोखबहादुर महरा ले विशेष समयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij