२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कार्बन व्यापारबाट नेपालले भित्र्यायो ५ अर्ब ५० करोड रुपैयाँ

कार्बन व्यापारबाट नेपालले भित्र्यायो ५ अर्ब ५० करोड रुपैयाँ

745
Shares

काठमाडौं – नेपालले २०८२ फागुनसम्ममा कार्बन व्यापारबाट तीन करोड ६० लाख रूपैयाँ (करिब पाँच अर्ब ५० करोड) भित्र्याएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा चालु आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जानकारी दिए।

उनले नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न कार्बन व्यापारबाट आम्दानी प्राप्त हुन थालेको जानकारी दिएका हुन्। राष्ट्रिय अनुकूलन योजना तथा राष्ट्रिय निर्धारित योगदानले तोकेको लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तको पहुँच तथा परिचालनका लागि कन्ट्री प्रोजेक्ट पाइप लाइनको सूची तयार गरी आयोजना छनौट भएका थिए।

हाल अनुकूलन कोषबाट प्रतिराष्ट्र प्राप्त हुने अनुदान रकम २० मिलियन अमेरिकी डलरबाट ४० मिलियन डलर अमेरिकी डलर पुगेको छ। योसँगै नेपाललाई जलवायु अनुकूलनमा अन्तर्राष्ट्रिय वित्तमा पहुँचको थप अवसर सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij