२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ-रिन्यु’ सुविधा सुरू

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ-रिन्यु’ सुविधा सुरू

800
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’मा ‘सेल्फ–रिन्यु’लगायत अन्य सुविधा थप गरेको छ। यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ।

अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजताअनुसार बैंकको मोबाइल बैंकिङ एप नवीकरण गर्न सक्नेछन्। त्यसका लागि एपमा लग इन गरी एक्सपायरी पप–अप देखिएपछि ‘रिन्यु नावो’मा क्लिक गर्नुपर्ने हुन्छ।

नवीकरण शुल्कसम्बन्धी जानकारी तथा व्यवस्थापनपछि ‘कन्टिन्यु’थिचेर आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने बैंकले जनाएको छ।

यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो एनआइडी, प्यान तथा इमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ। बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याएको बताएको छ।

मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij