२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६को स्टल बुकिङ खुला

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६को स्टल बुकिङ खुला

915
Shares

काठमाडौँ-  नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यस वर्ष आयोजना गर्न लागेको ’नाइमा नेपाल मोबिलिटी एक्स्पो’का लागि बुधबारदेखि स्टल बुकिङ खुला गरेको छ ।

यस अटोमोबाइल प्रर्दशनीमा सहभागी हुन चाहने व्यवसायी तथा कम्पनीहरूले आगामी जेठ १९ गतेभित्र स्टल बुकिङका लागि आवेदन दिइसक्नुपर्ने आयोजक संस्थाले जनाएको छ ।

अटोमोबाइल क्षेत्रको बृहत् कुम्भमेला मानिने यो एक्सपो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म संचालन हुने तालिका सार्वजनिक गरिएको छ । विगतका वर्षहरूमा झैँ यस पटकको संस्करण पनि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा नै आयोजना गरिने निश्चित भएको छ ।

यस मेलाले नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, सवारी साधन र गतिशीलताका आधुनिक आयामहरूलाई एकै ठाउँमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij