२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय

895
Shares

काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जेठ ६ गते बुधबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ वनाले १०.१० कित्ताका दरले शेयर हात पार्नेछन् । जसमध्य ५ जनाले भने ११ कित्ता शेयर पाउने छन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij