२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाणिज्य बैंकहरूको जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

वाणिज्य बैंकहरूको जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

900
Shares

काठमाडौं – सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्यांक अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ ।
वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा पुगेको छ ।

तथ्यांक अनुसार अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन् । एनएमबि बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत ब्याजदरमा कटौती गरेका छन् ।

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया, हिमालयन र नेपाल बैंक रहेका छन्, जसले व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । यता सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.०५ प्रतिशतले सामान्य वृद्धि गरेको छ ।

संस्थागततर्फ सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ब्याजदरमा ०.५ प्रतिशत विन्दुको वृद्धि गरेको छ भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागत ब्याजदरमा उल्लेख्य कटौती गरेका छन् ।

एनआईसी एशिया बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेका छ । वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेका छ ।

प्रभु बैंकको ब्याजदर स्थिर रहेको छन । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंकले पनि जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ ।

सिटिजन्स इन्टरनेशनल बैंकले जेठ महिनाका व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको बढाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५५ प्रतिशत र संस्थागतको ३ प्रतिशत ब्याजदर रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंकले जेठ महिनाका ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको यो ब्याजदर बैशाख महिनाकै निरन्तरता हो ।

नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

ग्लोबल आइएमई बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनएमबी बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि ब्याजदर ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका व्यक्तिगततर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वैशाख महिनाका लागि भने बैंकले क्रमशः ४.१ प्रतिशत र २.७५ प्रतिशत ब्याज दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जेठ महिनाका लागि दुवैतर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ ।

नबिल बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

हिमालयन बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले वैशाख महिनामा भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ।

माछापुच्छ्रे बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंकले ब्याजदर घटाएको छ। बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ३.९६ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१२ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij