२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका

770
Shares

काठमाडौँ-  आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ (Super Wallet) सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दात (Balance) मा प्रत्यक्ष ब्याज प्रदान गर्दछ। यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ (Neo Banking) युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ।

यसअघि यो ब्याज सुविधा साविकको आइएमई पे (IME Pay) बाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। तर अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाईसी (KYC) प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ को सुविधा विस्तार गरेको छ। यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ।

सुपर वालेटको विशेषता र फाइदाहरू:

  • आकर्षक ब्याजदर: हाल वार्षिक २.७५% का दरले ब्याज प्रदान गरिने र यो दर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहेको हुनाले मासिक रूपमा परिवर्तन हुन सक्ने।
  • स्वचालित ब्याज: सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमा जम्मा हुने।
  • सरल डिजिटल प्रक्रिया: कुनै बैंक भ्रमण वा झन्झटिलो कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुचारु गर्न सकिने।

सुपर वालेट सक्रिय गर्न आवश्यक योग्यता:

यो सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ र निम्नमध्ये कुनै एक सर्त पूरा गरेको हुनुपर्नेछ:

  • केवाईसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको, वा
  • केवाईसी प्रमाणित भई वालेटमा Overnight Balance रु. १,००० कायम गरेको।

(यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध छ; पीओएस (POS) र मर्चेन्ट खाताहरू यसका लागि योग्य हुने छैनन्।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij