काठमाडौं – मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खेमराज प्रसाईं पुनः निर्वाचित भएका छन् । प्रसाईले ७७३ मत प्राप्त गरी विजयी भएका हुन । अध्यक्षका अर्का प्रतिस्पर्धी किशोर क्षेत्रीले ७३३ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार सम्पन्न निर्वाचनमार्फत सङ्घको नयाँ नेतृत्व चयन गरिएको हो ।
वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का निर्वाचित भएका छन् भने वाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा उषा श्रेष्ठ र महासचिवमा ध्रुव कनाल विजयी भएका छन् ।
यसैगरी सदस्य पदमा चम्पा नेम्वाङ, कल्पना प्रसाई, अर्जुन तिवारी, आशिस सङ्ग्रौला, दिनेश पोख्रेल, जयकुमार श्राफ, खिरोज बराल, राजेशकुमार बंशल, सचिन निरौला र तारा श्रेष्ठ निर्वाचित भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij