२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्योदय वोमी लघुवित्तको नाफामा १८ करोड ९३ लाख

सूर्योदय वोमी लघुवित्तको नाफामा १८ करोड ९३ लाख

910
Shares

काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १४०.६५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ८६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ, जसकारण नाफा वृद्धिमा टेवा पुगेको हो । संस्थाले ते्रस्रो त्रैमाससम्म ६६ करोड ५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ३५।९४ प्रतिशत बढी हो ।

संस्थाको इम्पेयरमेन्ट चार्ज र खराब कर्जा अनुपात भने बढेको छ । सो अवधिसम्म संस्थाले प्रोभिजनको लागि ४ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । गत आवको सोही अवधिसम्म संस्थाले ३ करोड ८ लाख रुपैयाँ प्रोजिभनका लागि छुट्याएको थियो ।

यता खराब कर्जा अनुपात पनि ५.२६ प्रतिशतबाट बढेर १७.९० प्रतिशत पुगेको छ । संस्थाको कस्ट अफ फण्ड ६।७७ प्रतिशत, बेस रेट १२.३२ प्रतिशत, स्प्रेड दर ७.९५ प्रतिशत र पूँजीकोष १०.४१ प्रतिशत रहेको छ ।

संस्थाको इपीएस ९.४८ रुपैयाँबाट बढेर २२.८२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५२.८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.६२ गुणा र तरलता अनुपात ६.२२ प्रतिशत रहेको छ ।

संस्थाले सो अवधिसम्म वितरणयोग्य मुनाफामा १४ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । यसर्थ संस्थाको सो अवधिसम्मको लाभांश क्षमता १३.२४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij