२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सबै सरकारी बैंकका अध्यक्षसहित सञ्चालकहरूले दिए राजीनामा

सबै सरकारी बैंकका अध्यक्षसहित सञ्चालकहरूले दिए राजीनामा

1.1K
Shares

काठमाडौं – सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने गरी अध्यादेश ल्याएपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले राजीनामा बुझाएका हुन् ।
अध्यक्षहरूले मात्र होइन, राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सञ्चालक समिति सदस्यहरूले समेत सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने सदस्यहरूमा थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, सूर्यबहादुर राना र हरिकुमार सिलवाल रहेका छन्।

सरकारले सार्वजनिक पदमा राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्न ल्याएको अध्यादेशले नेपाल राष्ट्र बैंक तथा सरकारी बैंकहरूको हकमा बाध्यकारी गरेको थिएन । तर, पनि ती बैंकका अध्यक्ष तथा सञ्चालकले सरकारको नीति समर्थन गर्दै राजीनामा दिएका हुन् ।

सरकारले यही वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको थियो । यस अध्यादेशमार्फत सरकारले १०८ वटा निकायका १५९४ पदाधिकारीको नियुक्ति एकमुष्ट खारेज गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij