२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

सहकारी संघलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध, , ३ वर्षभित्र बन्द गर्नुपर्ने

सहकारी संघलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध, , ३ वर्षभित्र बन्द गर्नुपर्ने

1.8K
Shares

काठमाडौं–  सरकारले नेफ्स्कुनलगायत सहकारी संघहरूलाई बचत तथा ऋण कारोबार गर्न रोक लगाएको छ । सरकारले अध्यादेशमार्फत सहकारी ऐन संशोधन गर्दै यी संघहरूले आगामी तीन वर्षभित्र यस्तो कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था गरेको हो । संशोधित प्रावधानमा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा उल्लेख भएपनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न पाउने छैनन् ।’

तर, अध्यादेश लागू हुँदा पहिले नै बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले भने उक्त मितिबाट तीन वर्षभित्र त्यस्तो कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij