काठमाडौं– गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।
गोरखा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविनकुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राई पक्राउ परेका छन्।
गोरखाको बचतकर्ता १० हजार ५९८ छन्। उनीहरूको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत छ।
एक अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ ऋण प्रवाह भएको देखिएको हो। त्यसबाहेक बाँकी रकमको विवरण नदेखिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij