२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

765
Shares

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने व्यवस्था बमोजिम गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समयावधि दिइएकोमा संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएकोले अब सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij