२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेबोनद्वारा तीन ब्रोकर कम्पनीलाई कारबाही

सेबोनद्वारा तीन ब्रोकर कम्पनीलाई कारबाही

655
Shares

काठमाडौं -नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। सेबोनले सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कानून उल्लंघन गरेको भन्दै कारबाही गरेको हो।

तीनवटै ब्रोकर कम्पनीलाई जरिवाना तिराएको सेबोनले जनाएको छ । सेबोनका अनुसार सिप्ला सेक्युुरिटिजलाई ५० लाख रुपैयाँ र श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना भराएको हो।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा ग्राहकको पहिचान गर्दा सहि तथा सो को सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने प्रावधान छ। तर, उक्त ब्रोकर कम्पनीहरुले ग्राहकको खाता खोल्दा सो कुरा उल्लंघन गरेको पाइएको भन्दै जरिवाना तिराएको सेबोनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij