२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालीरिका होटेलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

नेपालीरिका होटेलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

1K
Shares

काठमाडौं – मोरङको विराटचोकमा रहेको नेपालीरिका होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । उक्त सम्झौतामा नेपालीरिका होटेल लिमिटेडको तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ताले हुन आउने ५० करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । पूर्वी नेपालमा अवस्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा १४६ वटा कोठाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij