काठमाडौं – कार्यसम्पादन मूल्यांकनमा देशभरका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार काठमाडौंले ४४.९७ अंक मात्र प्राप्त गरेको छ, जुन महानगरहरूमध्ये सबैभन्दा न्यून हो ।
यस वर्षको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा अब्बल सावित भएको छ । विराटनगरले ७८.११ अंक हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको छ । दोस्रो स्थानमा ७६.३३ अंकसहित ललितपुर महानगरपालिका रहेको छ भने ६८.०४ अंकसहित चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा परेको छ ।
त्यसैगरी पोखरा महानगरपालिका ५८.७६ अंकसहित चौथो स्थानमा, वीरगञ्ज महानगरपालिका ५४ अंकसहित पाँचौं स्थानमा रहेका छन् । काठमाडौं महानगरपालिका भने ४४.९७ अंकसहित छैटौं स्थानमा सीमित भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij