२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगन्जबाट ४ अर्ब ५६ करोडको ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात

वीरगन्जबाट ४ अर्ब ५६ करोडको ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात

1.5K
Shares

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्जबाट ४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।

ती सवारी साधनको आयातबाट ४ अर्ब ४३ करोड रुपैयाँ राज्य कोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका ४ हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका २ हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।

यसैगरी, चालु आवको ६ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij