काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij