२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एपोलो हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डको स्वीकृति

एपोलो हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डको स्वीकृति

1.6K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एपोलो हाइड्रोपावर लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति प्रदान गरेको छ।  एपोलो हाइड्रोपावरले १४ करोड १० लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज उक्त कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिएको हो ।

सेबोनबाट स्वीकृति पाएसँगै उक्त कम्पनीले प्रति कित्ता रु. १०० अंकित मूल्यमा कुल १४ लाख १० हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ । कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ । ।

आईपीओ निष्काशनका लागि यसअघि नै कम्पनीले हिमालयन क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij