२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केटिएम हस्पिटालिटीले आइपिओ ल्याउने

केटिएम हस्पिटालिटीले आइपिओ ल्याउने

1.5K
Shares

काठमाडौं – चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रूपैयाँको प्राथमिक सेयर (आइपिओ) ल्याउने भएको छ।

बुधबार सम्पन्न कम्पनीको दोस्रो साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आइपिओ निष्कासनको प्रस्ताव स्वीकृत गरेको हो।

सभाले अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रूपैयाँ कायम गर्दै कुल चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि आइपिओमार्फत निष्कासन गर्ने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा पर्यटन तथा आतिथ्य क्षेत्रमा लगानी विस्तारले अर्थतन्त्रलाई टेवा दिने बताए।

कम्पनी अध्यक्ष रामेश्वर शाहले सर्वसाधारणलाई समेत साझेदार बनाएर हस्पिटालिटी व्यवसाय विस्तार गर्ने उद्देश्यसहित आइपिओ ल्याउन लागेको बताए।

हाल कम्पनीले सौराहामा ६५ कोठा क्षमताको पाँचतारे लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको छ, जसले अन्तर्राष्ट्रिय ब्राण्ड ‘रोयल टुलिप’ मार्फत नेपाली पर्यटन बजारमा उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।

केटिएम हस्पिटालिटीको आइपिओलाई पर्यटन क्षेत्रमा सार्वजनिक लगानी बढाउने र होटल उद्योगमा नयाँ पुँजी भित्र्याउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij