२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

काठमाडौं– १ बाट अधिवक्ता कमल कोइरालाद्धारा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं– १ बाट अधिवक्ता कमल कोइरालाद्धारा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

2.9K
Shares

काठमाडौं– यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर– १ बाट अधिवक्ता कमल कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् र।

सामाजशास्त्र, राजनीतिशास्त्र र कानूनशास्त्र अध्यापन समेत गराउँदै आएका कोइरालाले विभिन्न संघीय तथा पालिकाका कानून बनाउन, संशोधन तथा खारेजी सम्म गराउने कार्यमा अनुभव बटुलेका छन् । संसद्मा गएर दीर्घकालीन असर पार्ने नीतिगत कमजोरी सुधार्ने र नयाँ कानुन निर्माणमा भूमिका खेल्ने उनको लक्ष्य छ ।

भाद्र २३ र २४ को जेन– जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिवेशमा कोइरालाले आफूलाई नीति निर्माणमा केन्द्रित प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

‘म नीति बनाउँछु, सरकारलाई जबाफदेही बनाउँछु, जनताको आवाज संसदसम्म पुर्‍याउँछु,’ उनी भन्छन्, ‘गलत कानुन रोक्छु र राम्रो कानुन अघि बढाउँछु। जनताको आवाज संसदसम्म पुर्‍याउने हो। म बोलिरहेको माइक मेरो हातमा होला तर, संसदको त्यो ३ मिनेट सिंगो जनताको हुनेछ ।’

उम्मेदवारी घोषणा गर्दै कोइराला भन्छन् – ‘प्रतिनिधि सभा सदस्य के का लागि बन्ने ? प्रतिनिधि सभा सदस्यको काम केके हुन् ? म के का लागि प्रतिनिधि सभा सदस्य बन्न गइरहेको छु ? मैले प्रतिनिधि सभा सदस्य बनेपछि के गर्नु पर्दछ ? भन्ने स्पष्ट धारणा बोकेर मैले उम्मेदवारी दिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij