२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राप्रपा टोखा नगर अध्यक्षमा सुर्दशन थापा निर्वाचित

राप्रपा टोखा नगर अध्यक्षमा सुर्दशन थापा निर्वाचित

4.5K
Shares

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), टोखा नगर समितिको अध्यक्षमा सुर्दशन थापा निर्वाचित भएका छन । थापाले पूर्व नगर सचिव भरत केसीलाई पराजित गरेका हुन । १८५ नगर पार्षदको मतदान गरेकोमा ९९ मत थापाले र ८६ मत केसीले प्राप्त गरेका थिए ।

पूर्व नगर सचिव भरत केसी, सुर्दशन थापा साविक क्षेत्र नं ५ ख का प्रदेश उम्मेदवार सुसानलाल श्रेष्ठ र सुरेन्द्र बहादुर आचार्यहरुले उम्मेदवारी दर्ता गराए पनि अन्त्यमा उम्मेदवारहरु सुसानलाल श्रेष्ठ र सुरेन्द्र बहादुर आचार्यले भरत केसीलाई समर्थन गरेका थिए । अन्तिम उम्मेदवार भरत के।सी र सुर्दशन थापाबिच प्रतिस्पर्धा भएकोमा थापाले १३ मतले बाजी मारेका हुन ।

बाँकि १६ नगर समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन । पार्टीको विधान अनुसार अब नव निर्वाचित अध्यक्षले नगर पार्षदहरु मध्येबाट ६ जना नगर सदस्य मनोनित गरे पछि बन्ने २३ सदस्यीय टोखा नगर समितिका २२ नगर सदस्यहरुबाट निर्वाचित अध्यक्षले १ महिला सहितको उपाध्यक्ष ३,सचिब १,कोषाध्यक्ष १ र सहसचिव २ मनोनित गरेपछि समितिले पूर्णता पाउने अध्यक्षले थापाले जानकारी दिए ।

नगर अधिवेशन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलको प्रमुख आतिथ्यमा शनिबार मेरिगोल्ड पार्टी प्यालेस टोखा ८ ग्रिनल्याण्डमा सम्पन्न भएको थियो । ।

नव निर्वाचित अध्यक्ष थापा टोखा नगरपालिकाका लोकप्रिय युवा नेता हुन । उनी आम जनतामा भिजेका अनुभवी नेता हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij