काठमाडौं– नेपाली बजारमा पुस २२ गते सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij