२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विभागले एउटा फर्मलाई गर्यो ५० हजार जरिवाना

विभागले एउटा फर्मलाई गर्यो ५० हजार जरिवाना

600
Shares

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो । विभिन्न फर्ममा अनुमगन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ ।

विभागले नियमित रुपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गर्दै आएको छ । विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij