काठमाडौं – १४औं Nepal Africa International Film Festival को उद्घाटन समारोहको अवसरमा चर्चित नृत्य निर्देशक सन्दीप भुजेललाई राष्ट्रिय नृत्य कोरियोग्रफी सम्मानबाट सम्मानित गरिएको छ। उक्त सम्मान आज चलचित्र विकास बोर्डको हलमा सम्पन्न विशेष कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रदान गरेका थिए ।
नेपाली नृत्य तथा कोरियोग्राफी क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका सन्दीप भुजेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली नृत्यलाई स्थापित गर्न पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
फेस्टिभलको उद्घाटन समारोहमा चलचित्रकर्मी, कलाकार, संस्कृतिकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै कोरियोग्राफर भुजेलले यस सम्मानलाई आफ्नो निरन्तर मेहनत, समर्पण र यात्राको मान्यता भएको बताउनुभयो। उहाँले यो सम्मानले आगामी दिनहरूमा अझ जिम्मेवार भएर नेपाली नृत्य र कोरियोग्राफीको क्षेत्रमा योगदान पुर्याउने प्रेरणा दिएको पनि उल्लेख गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij