काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १८ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मुल्य तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो प्रतितोला छापावाला सुनको मुल्य तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४५ सय ६५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी तोलामा ४४ सय रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij