काठमाडौं – सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश वितरण गर्ने भएको भएको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै उन्नाईसौं वार्षिक साधारणसभा पनि बोलाएको छ।
सभा पुस २८ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ।
साथै गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी १ जना महिला सहित ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदान र सञ्चालक समिति गठन गर्ने र नियामक निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तथसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १३ गतेसम्म कायम शेयरधनी मात्रै भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij