२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.3K
Shares

काठमाडौं– नेपाली बजारमा पुस ३ गते, बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबारको सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij