२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोयल इन्फिल्ड हन्टर–३५० सार्वजनिक

रोयल इन्फिल्ड हन्टर–३५० सार्वजनिक

2K
Shares

काठमाडौं– मिड–साइज मोटरसाइकल सेग्मेन्ट (२५०–७५० सिसी) मा विश्वव्यापी रूपमा अग्रणी रोयल इन्फिल्डले नयाँ बीएस–सिक्स हन्टर ३५० नेपाली बजारमा सार्वजनिक गरेको छ।

लोकप्रिय स्ट्रीट रोडस्टर हन्टरको यो नयाँ संस्करणमा चार नयाँ रंग, उन्नत फिचर र सुधारिएको डिजाइन समावेश गरिएको छ। कम्पनीका अनुसार नयाँ हन्टर ३५० सेतो, कालो, रातो र ग्रे गरी चार आकर्षक रङमा उपलब्ध छ।

रोयल इन्फिल्डको ३५० सिसी सेग्मेन्टमै पहिलोपटक स्लिप–असिस्ट क्लच जडान गरिएको छ। यसमा नयाँ रियर सस्पेन्सन, बढाइएको ग्राउन्ड क्लियरेन्स र आरामदायी सिट छ। त्यस्तै, एलइडी हेडलाइट छ।

३४९ सिसीको जे–सिरिज इन्जिन, कम्प्याक्ट डिजाइन र नियो–रेट्रो शैलीको संयोजनसहित हन्टर ३५० शहर भित्रका घुम्ती सडकदेखि क्याफेसम्म सहज र आकर्षक राइडका लागि बनाइएको बताइएको छ।

सन् २०२२ मा डेब्यू गरिएको हन्टर ३५० विश्वभर ७ लाखभन्दा बढी राइडरको रोजाइमा परेको मोडेल हो। रोयल इन्फिल्डका चीफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले भने, ‘नेपाल रोयल इन्फिल्डका लागि विशेष बजार हो।’

यसको मूल्य भेरियन्ट अनुसार ४ लाख ९४ हजार ९ सय रूपैयाँदेखि ४ लाख ९९ हजार ९०० रूपैयाँका छन्। बुकिङ र टेस्ट राइड नेपालभरका सबै रोयल इन्फिल्ड डिलरमा खुला गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij