२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

985
Shares

ललितपुर- जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा कान्ती राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij