काठमाडौं– साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अकंले बढेर २६७६.०३ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहकोा १.४७ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको. ०.७२प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार १३१ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
आज ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij