२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुजुकी भी–स्ट्रोम एसएक्सका दुई नयाँ भेरियन्ट सार्वजनिक

सुजुकी भी–स्ट्रोम एसएक्सका दुई नयाँ भेरियन्ट सार्वजनिक

785
Shares

काठमाडौं– सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सका दुई आकर्षक रङ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पर्ल फ्रेस ब्लु ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट मेटालिक म्याट स्टेलर ब्लु नामक मोडल बजारमा ल्याएको हो। यी दुवै भेरियन्टले मोडलको पहिचान अनुसारको स्टाइल, प्रदर्शन र एड्भेन्चर फीललाई अझ उभ्याएको कम्पनीको दाबी छ।

२५० सिसी सेग्मेन्टमा नेपालमा सबैभन्दा किफायती जापानी एड्भेन्चर मोटरसाइकल मानिने भी–स्ट्रोम एसएक्सले मिश्रित सडक अवस्थाअनुसार करिब ४० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने बताइएको छ। यसको शक्तिशाली इञ्जिन, राम्रो थ्रोटल रेस्पोन्स र संतुलित सस्पेन्सन सेटअपले दैनिक सहरिया यात्रा मात्र होइन, विहार–अभियानका लामो बाटोमा पनि उत्कृष्ट प्रदर्शन दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यो मोडल बहुउपयोगिता लक्षित गर्दै डिजाइन गरिएको छ। हल्का अफ–रोड, ग्राभेल सडक वा असमान भेग–जहाँसुकै पनि सहज रूपमा सञ्चालन गर्न सकिने विशेषताले भी–स्ट्रोम एसएक्सलाई नेपाली भू–भागअनुकूल बनाएको छ। उचाइअनुसारको सुसंगत पावर डेलिभरी, ग्राउण्ड क्लिरेन्स र आरामदायी राइडिङ पोजिसनले यात्रालाई सहज बनाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij