काठमाडौँ – आयु इन्टरटेन्मेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले ३० लाख कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष कदम के.सी. तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
कम्पनीले पर्यटकिय नगरी पोखरामा फिस्टेल ड्रिम पार्क संचालन गरिरहेको छ । सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समुहको लागि मनोरञ्जन लिने रमणिय पार्क हो । उक्त फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठुलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij