काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिकको १२ गतेदेखि १९ गतेसम्म लिलामीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।
कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयरका लागि गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री खुला गरी कात्तिक २७ गते बाँडफाँड गरेको हो।
बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २१० रुपैयाँ कायम भएको थियो भने सोही मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ।
साथै शेयर नपरेकाहरूको रकम आज मंसिर १ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा पठाइने पनि कम्पनीले उल्लेख गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij