२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिर्तामोडमा डोंगफेङ नामीको सोरूम उद्घाटन

बिर्तामोडमा डोंगफेङ नामीको सोरूम उद्घाटन

820
Shares

काठमाडौं – डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. बिर्तामोडमा अत्याधुनिक सोरूमको उद्घाटन गरेको छ । नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्त्वपूर्ण उपलब्धि रहेको कम्पनीले जनाएको छ । साथै, यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बलराम थापा, झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य, प्रशन्न पन्त, एमएडब्लू वृद्धि मोटर्सका सीईओ साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बिर्तामोडको केन्द्रमा अवस्थित नयाँ सोरूमले आगन्तुकहरूलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको सोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ । बिर्तामोड सोरूम उद्घाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ ।

टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
सोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिर गतेसम्म बिर्तामोड, चारपानेमा अवस्थित डोंङफेङ नामी सोरुममा तीनदिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गरेको छ ।

यस अवधिमा, ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन् । यस कार्यक्रममा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस तीन अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij