२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन विकास ऊर्जा कम्पनीको साधारणसभा आह्वान

हिमालयन विकास ऊर्जा कम्पनीको साधारणसभा आह्वान

915
Shares

काठमाडौं – हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले पच्चीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर २३ गते काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्विटमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले बाँकी अवधिका लागि सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र चालू आर्थिक वर्ष (आव) का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्नेछ।

कम्पनिले शेयरधनीलाई लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सो साधारणसभामा भाग लिन र मतदान गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij