२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सप्तकोशी सिमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, आइपिओ निष्काशन गर्ने

सप्तकोशी सिमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, आइपिओ निष्काशन गर्ने

625
Shares

काठमाडौं- सप्तकोशी सिमेन्ट लिमिटेड को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको छ। साथै, कम्पनीले कुल जारी पूँजीको अधिकतम २० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

सभाले कम्पनीको सञ्चालक समितिमा परिवर्तन गर्दै श्रीमती मोना जालानलाई नयाँ सञ्चालक अध्यक्ष र श्री दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।

“सप्तकोशी ब्राण्ड” अन्तर्गत दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्ने यो उद्योग मोरङ जिल्लाको कटहरी गाउँपालिकामा अवस्थित रहेको छ। कम्पनीले उत्पादन गुणस्तर र बजार विस्तारमा निरन्तर सुधार गर्दै देशकै भरपर्दो सिमेन्ट ब्राण्डका रूपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij