२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

715
Shares

काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश ८ वर्ष यता कै उच्च हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij