काठमाडौं – सुन्धारास्थित केन्द्रीय कारागारबाट ३ हजारभन्दा बढी कैदीबन्दीहरु भागेका छन् । कारागार स्रोतका अनुसार त्यहाँ ३ हजार ८ सय कैदीबन्दी रहेकोमा अहिले ६।७ सय हाराहारीमा मात्र कैदीबन्दी रहेका छन् ।
स्रोतका अनुसार,भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि फरार भएका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij