२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

1.1K
Shares

काठमाडौं – काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ । प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो । माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

कर्फ्यु क्षेत्र

बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij