काठमाडौं– आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५५ अंकले घटेर २,७१९ को विन्दुमा कायम भएको छ ।
आज ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।
आज ८ उपसूचक राताम्य भएका छन् । यसदिन वाणिज्य बैंक समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहिबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । एक कम्पनिको भने शेयर मुल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij