२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा उच्च अंकको गिरावट

शेयर बजारमा उच्च अंकको गिरावट

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव १० अंकले घटेर २,७८१ को विन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँको कबारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएको देखिएको छ । आज सर्वाधिक शेयर मूल्य घट्नेमा विकास बैंक र फाइनान्सका लागनीकर्ताहरु रहेको छन् । बिहिबार विकास बैंकको शेयर मूल्य २.४३ प्रतिशत र फाइनान्स समूहको शेयर मूल्य १.८३ प्रतिशतले घटेको हो । साथै, होटल तथा पर्यटन समूहको १.६८ प्रतिशत, हाइड्रोपावर समूहको १.४३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.५५ प्रतिशतले शेयर मूल्य घटेको हो ।

बिहिबार २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij