२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज नाडा अटो शो २०२५ को अन्तिम दिन, स्वास्थ्यमन्त्री पौडेलले समापन गर्ने

आज नाडा अटो शो २०२५ को अन्तिम दिन, स्वास्थ्यमन्त्री पौडेलले समापन गर्ने

2.4K
Shares

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि जारी नाडा अटो शो २०२५ को समापन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्ने भएका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालका अनुसार आज ३ः३० बजे समापन कार्यक्रम तय गरिएको छ । नाडा अटो शो २०२५ को औपचारिक उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । आयोजकका अनुसार, प्रदर्शनीको पाँचौ दिनसम्म एक लाख ५० बजार भन्दा बढीले अवलोकन गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो  शोमा विभिन्न कम्पनीहरूले नयाँ मोडलका गाडी, इलेक्ट्रिक भेहिकल (ईभी) र अत्याधुनिक प्रविधियुक्त सवारी साधन सार्वजनिक गरेका छन् । अटो शोमा उड्ने ट्याक्सी मुख्य आकर्षण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij